Message



Image

Message From Principal

शैक्षिक गुणस्तर र विकासको दृष्टिले यस विद्यालयले छ दशकको आफ्नो यात्रा पुरा गरिसकेको छ । यस विद्यालयबाट उत्पादित जनशक्ति आज देशको शैक्षिक, प्रशासनिक, सेवा र नीति निर्माण तथा अन्य विभिन्न क्षेत्रका उच्च तहमा पुगेर आफ्नो कुशलता देखाई सकेकाछन् । राजधानीको केन्द्र भागमा रहेको भौतिक सुविधाले सम्पन्न यस विद्यालयमा बाल विकास कक्षादेखि १२ कक्षासम्म अध्ययन अध्यापन हुँदैं आएको छ । “शिक्षा नै जीवन हो” भन्ने मूल मन्त्र बनाई आफ्नो कर्तव्यमा क्रियाशील शिक्षक, कर्मचारी एवम् विद्यार्थीहरू यस विद्यालयका आधार स्तम्भ हुनुहुन्छ ।

समाज र राष्ट्रको आवश्यकता अनुरूपको जनशक्ति तयार गर्नु समयको माग हो । त्यति मात्र होइन बदलिँदो अन्तर्राष्ट्रिय परिवेश र विश्वव्यापीकरणको कारणले आफूलाई समायोजन र अनुकुलन गर्न सक्ने जनशक्ति÷नागरिक त्यतिबेला मात्र तयार हुन्छ, जब प्रविधि र मानवतालाई सँगसँगै जोडेर लगिन्छ ।

यो विजय स्मारक माध्यमिक विद्यालयले यिनै आशयलाई बोकेर साधारण शिक्षाका साथै प्राविधिक एवम् व्यावसायिक शिक्षातर्फ अग्रसर हुँदै अगाडि बढिरहेको छ । सुविधा सम्पन्न विज्ञान प्रयोगशाला, कम्प्युटर प्रयोगशाला, चमेनागृह, खेलमैदान, बालमनोविज्ञानमा आधारित कक्षाकोठा, व्यवहारिक ज्ञानका लागि शैक्षिक भ्रमणको व्यवस्था, दक्ष र तालिम प्राप्त शिक्षक, विद्यार्थीहरूको सिकाइ उपलब्धिको उच्चतम् नतिजा यस विद्यालयका पर्यायहरु हुन् ।

अन्त्यमा, विद्यार्थीहरुको सिकाइलाई प्रविधिसँग जोड्न सहयोग पु¥याउने सम्पूर्ण महानुभावहरूमा हार्दिक आभार प्रकट गर्दछु र विद्यालयको उच्च प्रगतिको निम्ति यहाँहरुको रचनात्मक सहयोगको सदैव अपेक्षा राख्दछु । 

धन्यवाद                            l8NnLk|;fb zdf{ 9sfn

                                           k|wfgfWofks 





Go To Main Page

Vijaya Memorial Secondary School